नियम १३
बोर्डको कोष तथा खाता सञ्चालन
(१) ऐनको दफा २१ को उपदफा (२) मा उल्लिखित रकमको अतिरिक्त बोर्डको कोषमा देहायको रकम. समेत जम्मा हुनेछ:-

(क) बिज्ञापन एजेन्सीको दर्ता वा नवीकरण बापत प्राप्त हुने/रकम,

(ख) ऐनको दफा: ३२ बमोजिम सरकारी निकायबाट हुने बिज्ञापन बापत खर्च हुने रकमको तीन प्रतिशतले हुन आउने रकम,

(ग) अन्य स्रोतबाट बोर्डलाई प्राप्त हुने रकम।

(२): बोर्डको खाता अध्यक्ष वा निजले तोकेको बोर्डको वरिष्ठ अधिकृत र बोर्डको आर्थिक प्रशासन . शाखाको प्रमुखको संयुक्त हस्ताक्षरबाट सञ्चालन हुनेछ।

(३) मन्त्रालयले आवश्यक देखेमा जुनसुकै समयमा कुनै कर्मचारी खटाई बोर्डको लेखा, हिसाबकिताब वा स्रेस्ताको निरीक्षण वा परीक्षण गर्न 'लगाउन सक्नेछ।

(४) उपनियम (३) बमोजिम निरीक्षण वा परीक्षण गर्ने कर्मचारीले सोको प्रतिवेदन मन्त्रालयमा पेश गर्नु पर्नेछ।

(५) उपनियम (४) बमोजिमको प्रतिवेदनबाट बोर्डको कोष, लेखा, स्रेस्तामा कुनै किसिमको कैफियत देखिएमा मन्त्रालयले त्यसलाई सुधार गर्न बोर्डलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशन पालना गर्नु बोर्डको कर्तव्य हुनेछ।